२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख २७, २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका हुन् ।

पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरूको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरूको निष्कर्ष छ ।

पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ ।

जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरूको कुनै हात नरहेको बताए । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।

‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम–२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौँ । हामीलाई थाहा भएन कि पार्टीमा के हुँदैछ भनेर । पार्टी विभाजन भयो यसमा हाम्रो कुनै हात छैन । अहिले जसपा र जसपा नेपाल भएर आयो । यो पार्टी अगाडि बढिरहँदाखेरी जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन । यो पार्टीको विभाजन चाहिँ आत्मघाती कदम भयो,’ माखिमले भने ।

नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जसपासँग जोडिएका पहिचानवादीहरूको भविष्य, राजनीतिक भविष्य र सिंगो संगठन ध्वस्त बनेको उनको निष्कर्ष छ । अब पूर्वको आन्दोलनलाई सशक्त बनाउने उनले उद्घोष गरे ।

मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले आफू पनि केही समय पहिला जसपा नेपालको पोलिटब्युरो सदस्यको रूपमा रहेको स्मरण गराए । अहिले माउ पार्टीमा रहेका र जसपा गठन गरेर अलग भएका कुनै पनि नेताहरू पहिचान, अधिकार र समतामूलक समाज निर्माणका लागि इमानदार नभएको निष्कर्षका साथ आफूले विद्रोह गरेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखक तथा राजनीतिक विश्लेषक भवानी बरालले हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा दक्षिणपन्थी र धर्मनिरपेक्षता विरोधीहरू पनि पहिचानवादी बनेर निस्किएको टिप्पणी गरे । हिन्दु धर्म सापेक्षता र राजतन्त्रको पक्षधरहरू पनि भोट माग्न नक्कली पहिचानवादी बनेको उनले बताए । पहिचानको गलत अर्थ लगाउने काम रोकिन पर्ने उनले बताए ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष एवं किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले अब पहिचानका पक्षधरहरू एकै ठाउँमा उभिन आवश्यक रहेको बताए । इलाम–२ को उपनिर्वाचनमा पहिचान पक्षधरहरू एक ठाउँमा उभिएको स्मरण गराउँदै उनले अब आफ्नै शक्ति र पहिचानलाई स्थापित गराउने बताए । पहिचानवादी मोर्चाका संयोजक प्राडा महेन्द्र लावतीले नेपालमा सदियौँदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ ।

जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरू पहिला उक्त पार्टीमा लागेको उनले बताए । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ ।मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उनले उद्घोष गरे । हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई पहिचानवादीको साझा उम्मेदवार बनाएझैँ सोही मोडल अपनाएर अगाडि बढ्ने उनले बताए । अगामी निर्वाचनमा पनि सोही मोडलमा अगाडि बढ्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]