०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

मधेस प्रदेशमा पनि हाम्रै बहुमत हुन्छ : महासचिव राई

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको हो ।

राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरेका हुन् । उनले केन्द्र सरकारमा पनि ५० प्रतिशत भन्दा बढी आफ्नो पार्टीमा रहेको र मधेस प्रदेशमा पनि सो भन्दा बढी सांसद जसपामा हुने बताए । उनले मधेस प्रदेशमा जसपा, नेपालमा रहेका १९ जना सांसदहरू रहेको र २१ दिनभित्र कसको पक्षमा बहुमत पुग्छ भन्नेकुरा स्पष्ट हुने बताए ।

‘मधेस प्रदेशको सवाल राख्नुभएको छ । २१ दिने सूचना जारी भएको छ । कति जना हाम्रो विचारलाई, पार्टीलाई सकारात्मक रुपमा लिएर आउनुहुन्छ भन्नेकुरा छिटै थाहा पाउनुहुनेछ । मधेस प्रदेशमा हामी उहाँहरू भन्दा बढी नै हुन्छौं,’ महासचिव राईले भने, ‘मधेस प्रदेश सभामा १९ जना हुनुहुन्छ । यहाँ जसरी ५० प्रतिशत भन्दा बढी छ, त्यहाँ पनि यो भन्दा बढी नै हुन्छन् ।’

महासचिव राईले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी कमिटीहरूमा निर्णय भएको भन्दा फरक किसिमले व्यवहार गर्ने, अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले गर्दा नयाँ पार्टी गठन गर्नुपरेको बताए ।

उनले संघीय संरचना भएको मुलुकमा यस किसिमले पार्टी सञ्चालन गर्दा अन्ततोगत्वा पार्टी नै ध्वस्त हुने अवस्था र निश्चित क्षेत्रमा पार्टी पुग्ने अवस्था पार्टीको नेतृत्वबाट देखिएकाले पहिचानसहितको संघीयता, सत्तामुलक समृद्धि र अग्रगामी परिवर्तनका पक्षमा रहेका नेताहरूले चक्रव्युहबाट मुक्ति लिन आवश्यक भएकाले छुट्टै जनता समाजवादी पार्टी नामक राजनीतिक दल गठन गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]