०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

एकैदिन २३ सयले बढ्यो सुनको भाउ, तोलामा कति?

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

काठमाडौं । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १६ सय ८५ रुपैयाँ रहेको चाँदी आज १७ सय ३५ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]