२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

सिरहामा १५ हजारमै पाइन्छ ड्राइभिङ लाइसेन्स !

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

सिरहा । जिल्ला ट्राफिक, कार्यालय लहान र यातायात व्यवस्था कार्यालय, लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स) खरिद बिक्री हुने गरेको पाइएको छ।

कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्सका लागि ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो।

ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जति पटक परीक्षा र ट्रायलमा सहभागी भए पनि पास नहुने तर घुस बापत रकम बुझाएपछि सजिलै लाइसेन्स हात लाग्ने सेवाग्राहीहरू बत्ताउँछन्।

सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाइकलको लाईसेन्सका लागी ट्रायल दिए। तर, उनी एक पटक पनि पास हुन सकेन। तर, उनीसंगै गएकाहरूले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे।

यहाँ जुन सुकै गाडीको लाइसेन्स लिन घुस रकम बिचौलियामार्फत बुझाए सजिलै लाइसेन्स पाइने ती युवकले बताए। उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पास गरेँ। तर, तीन पटक ट्रायल दिदापनि पास हुन सकिएँ। घुस नदिई लाइसेन्स लिऊँ भनेको मुस्किल रहेछ।’

‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडि परियो’, उनले थपे, ‘अर्को पटक घुस दिएरै भए पनि पास गर्नुपर्ने अवस्था आयो।’

सिरहा धनगढीमाईका रमेश यादव (परिवर्तित नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन्। तर, उनीसंग ड्राइभिङ लाइसेन्स थिएन। उनी लेखपढ समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाइसेन्स लिए।

उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन। पैसा नदिई लाइसेन्स पाइँदैन भन्ने सबै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय बाहिरै बिचौलिया संग अवैध रकम बुझाएर लाइसेन्स लिएँ।’

ट्याक्टर, म्याजिक र विङ्गर चालक मात्र हैन यहाँबाट लाईसेन्सलिने धेरैले रकम तिरेर र भनसुनको भरमामात्र लाइसेन्स पाउने गरेको एक बिचौलियाले बताए। ती बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाइसेन्स नै पाइँदैन, हामीहरूलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यही अनुसार सेटिङ्गमा काम हुने हो।’

यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुशेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।

रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस्, तुरुन्त कारबाही गछु।’

उनले थपे ‘ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिने मात्र हो, बाँकी काम यातायात कार्यालयले गर्नुभएकोले हाम्रो खासै भुमिका हुँदैन ।’ सिरहामा विना बिचौलिया लाइसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरीक्षक पुरीले ‘केही सुनिएन’ भन्दै फोन काटे।

यातायात र ट्राफिक प्रहरीले लाइसेन्स बापत अवैध रूपमा उठाइएको रकम जिल्ला, प्रदेश र विभागसम्म बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत कर्मचारीकाे दावी छ । नाम नबताउने शर्तमा एक कर्मचारी भन्छन्, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरूको मिलेमत्ताेमा बिचौलिया खडा गरेको हुन्छ, लाइसेन्सको लिखित सकिएर ट्रायल सकिने दिन नै असुली गरेको रकम वाडफाड गर्ने गरिन्छ।’

ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले बिचौलिया खडा गरी खुलेआम रूपमा ड्राइभिङ लाइसेन्स बिक्री वितरण गरिरहेको सेवाग्राहीहरू बताउँछ । ड्राइभिङ लाइसेन्स लिन बिचौलियासंग सेटिङ नमिले लाइसेन्स नपाइने सेवाग्राहीको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]