०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्रहालयको शिलान्यास

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

जनकपुरधाम । गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवनको जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका-२ मा निर्माण गर्न लागिएको सो भवन तथा संग्रहालयको मधेश प्रदेस सभा सदस्यसमेत रहेका यादवले शुक्रबार शिलान्यास गरेका हुन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आफ्नो पहलमा सो भवन तथा संग्रहालयको लागी शहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा ६० लाख २० हजार ६ सय ४७ रुपैयाँमा बजेट छुट्याएका छन् ।

डा.राउत सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

भवन तथा संग्रहालयको शिलान्यास गर्दै प्रदेश सभा सदस्य यादवले नेपालको ऐतिहासिक व्यक्तित्व गजेन्द्रनारायण सिंहको नामबाट स्मृति भवन तथा संग्रहालय बनाउनको लागि जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको विशेष पहलमा बजेट ल्याएको प्रती खुशी व्यक्त गरेका छन् ।

भवनशिलान्यास कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नं.२(क)बाट जनमत पार्टीबाट निर्वाचित प्रदेश सांसद तथा मधेश प्रदेस सभाको अर्था तथा योजना समितिको सभापति सतिश कुमार सिंह,राजविराज नगरपालिकाका कार्यबाहक मेयर ईसरत प्रबिन र सो वडाका वडाध्यक्षलगाइएको उपस्थितिमा गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवन शिलान्यास गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]