१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्रहालयको शिलान्यास

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

जनकपुरधाम । गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवनको जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका-२ मा निर्माण गर्न लागिएको सो भवन तथा संग्रहालयको मधेश प्रदेस सभा सदस्यसमेत रहेका यादवले शुक्रबार शिलान्यास गरेका हुन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आफ्नो पहलमा सो भवन तथा संग्रहालयको लागी शहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा ६० लाख २० हजार ६ सय ४७ रुपैयाँमा बजेट छुट्याएका छन् ।

डा.राउत सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

भवन तथा संग्रहालयको शिलान्यास गर्दै प्रदेश सभा सदस्य यादवले नेपालको ऐतिहासिक व्यक्तित्व गजेन्द्रनारायण सिंहको नामबाट स्मृति भवन तथा संग्रहालय बनाउनको लागि जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको विशेष पहलमा बजेट ल्याएको प्रती खुशी व्यक्त गरेका छन् ।

भवनशिलान्यास कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नं.२(क)बाट जनमत पार्टीबाट निर्वाचित प्रदेश सांसद तथा मधेश प्रदेस सभाको अर्था तथा योजना समितिको सभापति सतिश कुमार सिंह,राजविराज नगरपालिकाका कार्यबाहक मेयर ईसरत प्रबिन र सो वडाका वडाध्यक्षलगाइएको उपस्थितिमा गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवन शिलान्यास गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]