०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

बाँकेको जमुनाहा नाका तीन दिन बन्द

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २९, २०८१

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ ।

भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको जानकारी दिए ।

नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उनको भनाइ छ ।

निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दैआएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार जनकपुरधाममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए। मुख्यमन्त्री सिंहले […]

लहान । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत तटबन्ध निर्माण थालिएको हो । बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीले कटान गरेपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक […]

राजविराज । मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्ने बताएका छन् । सप्तरीको रुपनी गाउँपालिकाको पाँचौ गाउँसभाको बुधबार उद्घाटन गर्दै यादवले सामुदायिक विद्यालयलाई सुधार्न समाजका अगुवा सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने बताए । ‘सामुदायिक विद्यालयमा सबैले आफ्ना सन्तान पढाउन दिएर हेरचाह गरे सामुदायिक […]