२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

जनकपुरधाममा ‘युथ कार्निवल’ हुँदै, कमेडियन आर्दश मिश्रा पनि आउने

Logo
कमलेश ठाकुर प्रकाशित शनिबार, बैशाख २९, २०८१

जनकपुरधाम । क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो ।

‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए ।

उनका अनुसार ‘व्यपार ः हिजो, आज र भोली’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नव शिकारु युवाहरुलाई राखेर छलफल गराइने छन् ।

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि संजय चौधरीले बताए । कला, संस्कृति, व्यपार र स्थानीय उत्पादनलाई प्रर्वधन गर्नको लागि २५ वटा स्टल पनि राखिएको चौधरीले जनाए ।

‘यी स्टलमा युवा व्यवसायी र स्थानीय मौलिक उत्पादनकर्ताहरुको सहभागिता रहनेछन्,’उनले भने,‘उहाँहरुको व्यत्तित्व विकाससँगै हामीले राम्रो व्यपार गर्नको लागि नेटर्वकिङ बनाइदिने काम पनि गर्ने छौं ।’

सांस्कृति कार्यक्रम र मोटिभेसनल स्पीच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताए । दोस्रो दिन चर्चित कमेडियन आर्दश मिश्रा पनि आउने कार्य तालिका रहेको उनले बताए ।

क्षमतावन युवाहरुलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उनको कथन छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा दुई हजारभन्दा बढी युवाहरु जोडेर क्षमता अभिवृद्धि गर्ने उनको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]