२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

भारतमा ज्यान गुमाएका महरा परिवारलाई जनमतका नेताकार्यकर्ताले गरे आर्थिक सहयोग

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २९, २०८१

जनकपुरधाम। भारतको सुरतमा ज्यान गुमाएका एक परिवारलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन् ।

धनुषाको कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो।

महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार आर्थिक सहयोग गरेको पार्टीका नेता जगतलाल मण्डलले बताए ।जनमत पार्टी कमला नगरपालिका -४ का वडाध्यक्ष शम्भु कुमार महराले आफ्नै पार्टीका नेताकार्यकर्ताहरुबाट सहयोग जुटाएर २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरेको छ।

सहयोग गर्नेहरुमा जनमत पार्टीका नेता जगतलाल मण्डल ११ हजार,शम्भु महरा ६ हजार,जनमत पार्टीका राष्ट्रिय परिषद सदस्य जय नारायण साह २५ सय,दिपेन्द्र तेथवार १ हजार,राकेश ठाकुर १ हजार,सरोज मरिक १ हजार,बिबेक मोरबैता ५ सय,दिपेश मोरबैता ५ सय,मुना साह १ हजार र रामकुमार महरा ५ सय रुपैयाँ सहयोग गरेपछि जम्मा २५ हजार पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति पीडित महरा परिवारलाई हस्तान्तरण गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]