०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

भारतमा ज्यान गुमाएका महरा परिवारलाई जनमतका नेताकार्यकर्ताले गरे आर्थिक सहयोग

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २९, २०८१

जनकपुरधाम। भारतको सुरतमा ज्यान गुमाएका एक परिवारलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन् ।

धनुषाको कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो।

महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार आर्थिक सहयोग गरेको पार्टीका नेता जगतलाल मण्डलले बताए ।जनमत पार्टी कमला नगरपालिका -४ का वडाध्यक्ष शम्भु कुमार महराले आफ्नै पार्टीका नेताकार्यकर्ताहरुबाट सहयोग जुटाएर २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरेको छ।

सहयोग गर्नेहरुमा जनमत पार्टीका नेता जगतलाल मण्डल ११ हजार,शम्भु महरा ६ हजार,जनमत पार्टीका राष्ट्रिय परिषद सदस्य जय नारायण साह २५ सय,दिपेन्द्र तेथवार १ हजार,राकेश ठाकुर १ हजार,सरोज मरिक १ हजार,बिबेक मोरबैता ५ सय,दिपेश मोरबैता ५ सय,मुना साह १ हजार र रामकुमार महरा ५ सय रुपैयाँ सहयोग गरेपछि जम्मा २५ हजार पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति पीडित महरा परिवारलाई हस्तान्तरण गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]