२९ पुष २०८१, मंगलबार
14-01-2025 , Tue
×

मुख्यमन्त्री कार्यालयका उपसचिवविरुद्ध बलात्कार मुद्दा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहमाथि बलात्कार मुद्दा दर्ता भएको छ । उनी अहिले ‘फरार’ छन् ।

०८० चैत्र ३० मा उपसचिव साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएकी थिइन् । स्रोतका अनुसार ०८१ वैशाख ३ मा जाहेरी दर्ता भएको हो । साह ०८० वैशाख १८ गतेदेखि कार्यालय आएका छैनन् ।

उजुरी दर्ता भएपछि धनुषा प्रहरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र काटेर आरोपी उपसचिव साहको तीनपुस्तेसहितका विवरण माग गरेको छ । प्रहरीले साह कार्यरत पद, मन्त्रालयको क्वार्टरमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी साह माघ १८ गते कार्यालयमा कार्यरत रहेको हो/होइन सहितका जानकारी मागेको हो ।

मुख्यमन्त्री कार्यालयले पनि आवश्यक विवरण प्रहरीलाई उपलब्ध गराइसकेको छ । तर, आरोपी उपसचिव साह अझै पक्राउ पर्न सकेका छैन् । धनुषा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

पीडित महिला मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीकी श्रीमती हुन् । श्रीमान् बाहिर गएको मौका छोपर ०८० माघ १८ गते आफूलाई नशालु पदार्थ खुवाई उपसचिव साहले पहिलोपटक बलात्कार गरेको पीडितले जाहेरीमा बताएकी छन् ।

जाहेरीमा भनिएको छ, ‘मेरो श्रीमानको साथी भएको नाताले मेरो कोठामा टीभी हेर्न आउने गरेको थियो । श्रीमानको साथी हो भनेर सम्मान पनि गर्थेँ । यसैक्रममा माघ १८ गते राति मेरो श्रीमान गाउँ गएको बेला हनुमानजीको मन्दिरको प्रसाद हो भनी करकाप गरी नशालु पदार्थ खुवाए । प्रसाद खाएपछि म बेहोस भएँ । त्यसपछि जबर्जस्ती करणी गर्‍यो ।’

त्यस दिन बनाएको भिडिओ र फोटो देखाएर आफूलाई ब्ल्याकमेल गर्दै पटक-पटक बलात्कार गरेको जाहेरीकर्ताले लेखेकी छन् । एसिड हालेर अनुहार बिगारिदिने, चक्कु देखाएर ज्यान मारिदिने लगायतका धाकधम्की त्रास देखाई पटक-पटक जबर्जस्ती गरेको उनको आरोप छ ।

‘पटक पटक बलात्कार गर्दा मेरो गर्भ रहन गयो,’ महिलाले भनेकी छन्, ‘उपसचिव साहकी पत्नी, सासू र ससुराले घरमा आई गर्भ तुहाउन दबाब दिए । तर, म नमान्दा निर्ममतापूर्वक म र मेरो पतिलाई कुटपिट गरी घाइते बनाइयो ।’

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले उपसचिव साहमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भएको उनले पुष्टि गरे । साह पक्राउ परिनसकेको उल्लेख गर्दै उनले भने, ‘हामी खोजी गरिरहेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]