१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

सर्लाही। सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ ।

जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीन वटा पक्की, एक सय ५८ वटा कच्ची गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साथै आगलागीबाट रु तीन करोड ६८ लाख ७४ हजार ४ सय बराबरको धनमाल जलेर नष्ट भएका र एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत श्रावण १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्नेक्रममा आगोले पोलेर आठ जना महिला र पाँच जना पुरुष गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ । कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ आगलागीबाट १७ वटा गोठ जलेर नष्ट हुँदा १३ पशुचौपाया मरेका र दुई वटा घाइते भएको बताए। उनले खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका बताए ।

गत वैशाख २० गते जिल्लाको दक्षिणपश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागीपीडित परिवारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए ।

२० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र बारुणयन्त्र छन् । स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ ।

नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्वतयारीमा ध्यान नदिएको बताउछन् । ‘‘मधेशमा हरेक वर्षका चैत वैशाखमा आगलागी घटनाको उच्च जोखिम हुन्छ भन्ने करा सबैलाई थाहा छ तर जोखिम न्यूनीकरणका लागि पालिकाले न बारुणयन्त्रको व्यवस्थापन गरेका छन् न त अन्य तयारी गरेका छन् । यसले साना घटनाबाट पनि ठूलो जोखिम बेहोर्नु परिरहेको छ”, उनले भने ।

स्थानीय सामाजिक अगुवा रजनिकान्त झाले अब जिल्लाका हरेक स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाउन जरुरी रहेको बताए । “विपद् हरेक वर्ष आउँछ र आकस्मिकरूपमा आउँछ । त्यसकारण यहाँका हरेक पालिकासँग आफ्ना नागरिकलाई विपद्बाट जोगाउने योजना र तयारी हुनुपर्छ”, उनको सुझाव छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]