२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मधेश प्रदेश सरकारबाट आज बाहिरिँदै माओवादी !

Logo
टोलपडोस प्रकाशित आइतबार, बैशाख ३०, २०८१

जनकपुरधाम । सत्तारुढ दल नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री छन् ।

सरकारबाट बाहिरिएलगत्तै सो पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउने तयारी गरेको छ ।

पार्टीको संसदीय दलका नेता भरप्रसाद साहलाई मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको कार्यभार सुम्पे पनि उनले सम्हालेका छैनन् भने पार्टीका अर्का प्रदेशसभा सदस्य युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री छन् ।

स्रोतका अनुसार माओवादीका दुवै मन्त्री आजै मुख्यमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनेछन् । त्यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखलाई बुझाइनेछ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा केन्द्रीय निर्देशन पर्खेर बसेको बताए ।

सत्तारुढ दल सरकारबाट बाहिरिएलगत्तै मुख्यमन्त्री यादवलाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

स्रोतले माओवादीले आगामी बजेटलाई दृष्टिगत गरी आज नै समर्थन फिर्ता लिने तयारी गरेको बताए । आज समर्थन फिर्ता भएपछि आगामी ३० दिनभित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिए मात्र असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]