१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका –१० स्थित गीता मन्दिर अगाडिको जग्गामा बनाइएका व्यापारिक सटरहरु महानगरपालिकाले शनिबार भत्काएको छ ।

विगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा दशवटा सटर निर्माण गरि भाडामा लगाइएको थियो । वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाको डोजरले सटरहरु भत्काएको हो ।

गीता मन्दिरको सौन्दर्यकरणका लागि मन्दिर अगाडिको जग्गा कब्जा गरि गैरकानुनी रुपले बनाइएको व्यापारिक सटरहरु भत्काएको मेयर सिंहले बताए ।

‘वर्षौदेखि केही व्यक्तिहरुले मन्दिर अगाडिको खाली जग्गामा गैरकानुनी रुपले अवैध संरचना बनाएर सटर भाँडामा दिई लाखौँ रुपैयाँ उठाइरहेका थिए,’ मेयर सिंहले भने, ‘मन्दिरको सौन्दर्यकरणका लागि कब्जा गरिएको जग्गा खाली गराइएको हो ।’

करिब एक वर्ष अगाडि मेयर सिंहकै निर्देशनमा घडिअर्वा पोखरीको मूल गेट अगाडि रहेको रामजानकी मन्दिरको जग्गामा निर्माण गरिएका व्यापारिक सटरहरु महानगरपालिकाले भत्काएको थियो । विगत ४ दशकदेखि मन्दिरका पुजारीले सडकसंग जोडिएको मन्दिरको जग्गामा भवन निर्माण गरि भाडा असुल्दै आएका थिए । खाली जग्गाको तीनतर्फ अवैध कब्जा गरि संरचना निर्माण गरिएका थिए ।

महानगरपालिकाले मन्दिरको जग्गामा अवैध रुपले निर्माण गरिएका संरचना हटाउन खोज्दा मन्दिरका पुजारी शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत जनकपुरको अस्थाई इजलास वीरगन्जबाट निषेधाज्ञा जारी गराएका थिए ।

२०७९ फागुन ४ मा पुजारी तिवारीको पक्षामा भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले उच्च अदालतमा निवेदन दिएको थियो ।

०७९ चैत २४ मा न्यायाधीश सारंगा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरको पक्षमा फैसला गरेको थियो । आफ्नो पक्षमा फैसला आएको भोलिपल्ट विहानै महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा मन्दिरको खाली जग्गामा निर्माण गरिएका संरचना हटाइएको हो ।

स्थानीयलाई मन्दिर प्रवेशमा रोक लगाई शम्भुनाथ पुजारीले खाली जग्गामा निर्माण गरिएका भवनहरु भाडामा लगाएर भाडा असुल गर्दै आएका थिए । वि.सं. १९८२ देखि रामजानकी मन्दिरको नाममा रहेको खाली जग्गामा तीनतर्फबाट भवन निर्माण गरिएको थियो । अतिक्रमण हटाएर मन्दिरलाई हाल पुरानै संरचनामा ल्याइएको छ । महानगरले मन्दिरमा सौन्दर्यकरण गरेको छ । दैनिक पुजापाठ समेत सुचारु गरिएको छ । पछिल्लो समय वीरगन्ज महानगर प्रमुखले सार्वजनिक जग्गा, मठ मन्दिरमा गरिएका अतिक्रमण हटाउने अभियान नै चलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]