०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

अयोध्यादेखि दोहासम्म नेपाली स्वादका रेस्टुरेष्ट चलाउँदै सन्तोष साह

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । नेपालका विश्व चर्चित सेफ सन्तोष शाहले भारतको रामभूमि अयोध्यादेख नेपालीहरुको काम तथा घुमघाम गन्तव्य दोहासम्म नेपाली स्वादका रेष्टुरेन्ट सञ्चालन गर्ने भएका छन् ।

आज ललितपुरको झम्सिखेलमा जेठ ६ बाट औपचारिक उद्घाटन हुने मिथिला थालीमा पत्रकारको जिज्ञासामा बोल्दै साहले यस्तो बताएका हुन् ।

जनकपुरधाम र मिथिला सभ्यताको नजिकको सम्बन्ध अयोध्यामा भएको तर त्यहाँ जनकपुरको स्वाद नभएकोले त्यो रिक्तता पूरा गर्न आफूले तयारी गरेको साहले बताए ।

उनले भने, ‘म आफैँ चै अयोध्या गएको छैन तर त्यहाँ मिथिला स्वाद दिनलाई रेष्टुरेन्टको लागि ठाउँ खोज्ने काम सुरु भइसकेको छ ।’ यस्तो दोहामा पनि सञ्चालनको लागि गृहकार्य सुरु भएको साहले बताए ।

जनकपुरमा मिथिला स्वाद चखाइसकेका साहले अब काठमाडौंमा तीन स्थानमा मिथिला तथा भारतीय स्वादका रेष्टुरेन्ट सञ्चालन गर्ने भएका छन् । झम्सीखेलमा ६० सिटको मिथिला थाली रेष्टुरेन्ट अगाडि जेठ ६ मा उद्घाटन गर्ने उनले गौशालामा २०० सिटको अर्को मिथिला थाली केही महिनामै संचालन गर्ने बताए ।

झम्सिखेलमा भन्दा गौसालामा केही सस्तो हुने र पाशुपत क्षेत्रमा भएकोले पूरा शाकाहारी हुने साहले बताए । यस्तै, काठमाडौंको गैरिधारामा भारतीय स्वादको रेष्टुरेन्ट खोल्ने तयारी पनि पूरा भएको साहले बताए । उनले भने, ‘मेरो विज्ञता इण्डियन खानामा हो, त्यो गैरिधारामा प्रस्तुत हुनेछ ।’

मिथिला थालीमा राखिएका चित्रकला, पाकवान बोक्ने सरसामानहरु ग्राहकले चाहेमा बिक्री पनि गर्ने साहले बताए । उनले मिथिला थालीमा चाहिने केराको पात अभाव नहोस् भनेर आफैँ सक्रिय भएर केरा खेती गर्ने तयारी भएको पनि बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]