०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

उपेन्द्र यादव भोलि राजीनामा दिने जसपा नेपालको निर्णय

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए ।

ती नेताले भने, ‘पार्टी विभाजन, भावी रणनीति र सरकारमाथिको समर्थनलगायतका विषयमा बैठकमा छलफल भएको छ । सरकार दिएको समर्थन फिर्ता लिने लगायतका निर्णय भोलिको केन्द्रीय कमिटी बैठकमा थप परिपक्व हुनेछ । ब्याक हुने अवस्था छैन । ‘

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन आज सन्देश पठाएका थिए । लगत्तै मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ ।

एमाले र माओवादीको मधेश कदमले दबाबमा परेका यादवले कार्यकारिणी बैठकमा समर्थन फिर्ताको प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने बैठकले निष्कर्ष निकालेको छ । भोलि केन्द्रीय समिति बैठकसँगै उनले राजीनामा दिने स्रोतले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]