२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

मधेशमा जनमतलाई मुख्यमन्त्री दिन एमाले–माओवादी तयार

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले संसदीय दलका नेता सरोज यादव र माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहबीच केही दिनदेखि निरन्तर छलफल चलिरहेकाे छ ।

दुई दिनअघि पार्टीकाे शीर्षस्थ तहबाट सरकार छोड्न तयारी अवस्था रहन निर्देशन दिइएकाे थियाे । सोही अनुसार एमाले र माओवादीका मन्त्रीहरू राजीनामा दिने तयारी गरेर केन्द्रको थप निर्देशन पर्खिरहेका थिए।तर, केन्द्रको निर्देशनमै आइतबार राजीनामा बुझाए । नयाँ सरकार गठनका लागि जनमत र लोकतान्त्रिक पार्टीसँग समेत छलफल भएको एमालेका एक नेताले बताए ।

जनमतको पहिलो सर्त आफ्नो नेतृत्वमा प्रदेश सरकार हुनुपर्ने रहेको छ । ती नेताले भने, ‘एमाले, जनमत र माओवादी आलोपालो सरकारको नेतृत्व पाउनेगरी सहमति भएको छ । हामी पहिलो खेप जनमतलाई मुख्यमन्त्री दिन सहमत छौँ ।’
अहिले विपक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई केन्द्रदेखि र प्रदेश सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

लोसपाका एक सांसदले भने, ‘एमाले र माओवादीका नेताहरूले नयाँ सरकार गठनमा सहयोग मागेका छन् । हामीले पहिले समर्थन फिर्ता लिनुस् त्यसपछि कुरा गराैँला भनेका छाैँ ।’ मधेशमा एमाले, माओवादी, जनमत र लाेसपा मिल्दा सरकार गठनका लागि बहुमत पुग्ने गणित छ ।

नेकपा एमालेका एक नेताले मधेशमा एमाले र माओवादीले जनमतको नेतृत्व सरकार बनाउने तयार रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]