१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

मधेशमा जनमतलाई मुख्यमन्त्री दिन एमाले–माओवादी तयार

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले संसदीय दलका नेता सरोज यादव र माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहबीच केही दिनदेखि निरन्तर छलफल चलिरहेकाे छ ।

दुई दिनअघि पार्टीकाे शीर्षस्थ तहबाट सरकार छोड्न तयारी अवस्था रहन निर्देशन दिइएकाे थियाे । सोही अनुसार एमाले र माओवादीका मन्त्रीहरू राजीनामा दिने तयारी गरेर केन्द्रको थप निर्देशन पर्खिरहेका थिए।तर, केन्द्रको निर्देशनमै आइतबार राजीनामा बुझाए । नयाँ सरकार गठनका लागि जनमत र लोकतान्त्रिक पार्टीसँग समेत छलफल भएको एमालेका एक नेताले बताए ।

जनमतको पहिलो सर्त आफ्नो नेतृत्वमा प्रदेश सरकार हुनुपर्ने रहेको छ । ती नेताले भने, ‘एमाले, जनमत र माओवादी आलोपालो सरकारको नेतृत्व पाउनेगरी सहमति भएको छ । हामी पहिलो खेप जनमतलाई मुख्यमन्त्री दिन सहमत छौँ ।’
अहिले विपक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई केन्द्रदेखि र प्रदेश सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

लोसपाका एक सांसदले भने, ‘एमाले र माओवादीका नेताहरूले नयाँ सरकार गठनमा सहयोग मागेका छन् । हामीले पहिले समर्थन फिर्ता लिनुस् त्यसपछि कुरा गराैँला भनेका छाैँ ।’ मधेशमा एमाले, माओवादी, जनमत र लाेसपा मिल्दा सरकार गठनका लागि बहुमत पुग्ने गणित छ ।

नेकपा एमालेका एक नेताले मधेशमा एमाले र माओवादीले जनमतको नेतृत्व सरकार बनाउने तयार रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]