१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

जनमतका नेता डा.जयकान्तद्वारा भारदह बहुमुखी क्याम्पसको भवन शिलान्यास

Logo
मनोज मोरबैता प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ।

हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

निर्माण हुन लागेका क्याम्पसको शैक्षिक र प्रशासनिक गरी कुल ३५ कोठा रहने गरि दुईवटा भवन तिनतले बन्ने हनुमान नगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले बताए । नगरप्रमुख माझिका अनुसार कुल ११ करोड़ ३१ लाख लागतमा सो भवन निर्माण हुन लागेको उनले न्यूजमधेशलाई बताए।

सो भवन बस्नेत/उदय जेभी सिनामंगल काठमांडौले ७ करोड़ ८८ लाखमा निर्माण गर्ने ठेक्का प्राप्त गरेको हो ।

सो भवन शिलान्यास कार्यक्रममा मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंह,प्रदेश सांसद सकिल अलि,नगरप्रमुख वीरेन्द्र माझीले हनुमाननगर कंकालिनी नगरपालिकालाई शैक्षिक हबको रूपमा विकसित गरिने एकमुष्ठ प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]