१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

कमला नगरपालिकामा विभिन्न पार्टीका दर्जनौं नेता एमालेमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रिय सदस्य तथा पुर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा कमला नगरपालिका-४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र चौरवार यादवय,लोसपाका नेता रामनारायण सल्हैता,माओवादी केन्द्रका श्याम मण्डल ,कांग्रेसका किसुन यादव,रुपेश यादवसहित दुई दर्जनौं भन्दाबढी नेताकार्यकर्ताहरुलाई पुर्वमन्त्री अरगरियाले गम्छा टीका लगाएर पार्टीमा भित्र्याएका हुन् ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य संजिव कुमार झा ‘सुरज’ ,पार्टीका प्रदेश कमिटी सदस्य ,जिल्ला कमिटी सदस्य ,नगर कमिटीका अध्यक्ष दिपेन्द्र यादवसहित नगरका नेताकार्यकर्ताहरुको उपस्थितिमा विभिन्न पार्टीका नेताकार्यकर्ता पार्टी प्रवेश गरेको हो।

उक्त पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले कमला नगरपालिका -४ का वडा कमिटीका अध्यक्ष राम शंकर मोरबैताको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]