१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

एबी मल उद्घाटन गर्दै मन्त्री यादवले भने “सिरहाको म ऋणी छु”

Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

मनोज बनैता, सिरहा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले “सिरहा जिल्लाले मेरो राजनैतिक लक्ष्य प्राप्तिमा अतुलनीय योगदान दिएको” कुरा सार्वजनिक रुपमा गरेका छन । साथै उनले भ्रष्टाचार निर्मुलमा सरकार तत्पर रहेको पनि बताएका छन ।

एबि मल सिरहा सुपर मार्केटको गोलबजारमा उद्घाट्न गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो | स्थानीय व्यापारी व्यवसायीहरुले साझा उद्योग संचालन गरेर युवाहरुलाई समेत रोजगारी दिने अभियानमा लागेर सरकारले लिएको समृद्धिको सपना पूरा गर्नको लागि मन्त्री यादव ले एबी मलका संचालक जागीर अन्सारीलाई धन्यवाद एवं शुभकामना समेत दिएका छन ।

फोटो: मनोज बनैता

विदेशमा चार वर्ष चारै दाजुभाई मेहनेत पसिना बगाएर कमाएको करोडौ रकम एबि मल संचालन गरेर सयौ युवाहरुलाई रोजगारी दिने जागीर अन्सारीको जीवनबाट युवाहरूलाई प्रोत्साहन मिल्ने कुरामा मन्त्री यादव दृढ छन ।

पवक्ताहरूले सुन्दर गोलबजार बनाउन एबि मलको संचालनले निकै महत्पूर्ण र गौरवको काम भएकोले अन्य उद्योगी व्यवसायीको लागि समेत लगानी गर्न हौस्याएको बताउनुभयो | गोलबजारमा उद्योग व्यापार संचालनको लागि माहोल बनिरहेको एबि मलको संचालनबाट पुष्टि भएको भन्दै व्यवसायीहरुको सुरक्षा र सम्मान दिन नगरपालिकाले सधैव सहयोग गर्ने विश्वास दिलाउनुभयो |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]