०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

उपेन्द्रलाई महन्थको जवाफ: मधेशमा तत्काल सहकार्य असम्भव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार बचाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोग नपाउने भएका छन् ।

मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । सरकार जोगाइदिन सहयोग माग्दै उपेन्द्र आज बिहान लोसपा अध्यक्ष महन्थ ठाकुर निवास पुगेका भेटेका हुन् ।

उपेन्द्रको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई कमजोर पार्न खोजियो । मधेश सरकार बचाउन तपाईँको पार्टीको समर्थन चाहिएको छ ।’

उपेन्द्रले सहयोगको याचना गरेपनि विगतको धोकाधडी सम्झिदै लोसपा अध्यज्ञ ठाकुरले सहयोग गर्न नसक्ने प्रष्ट्याएका छन् ।

‘हाम्रो अध्यक्षजीले मधेश प्रदेश सरकारबारे निर्णय लिने जिम्मेवारी नेता जीतेन्द्र सोनललाई दिएका छौं । उहाँसँगै छलफल गर्नु होला । निर्णय उहाँले नै गर्नुहुन्छ भनेर फर्काइदिनुभयो’, लोसपाकै एक नेताले सुनाए ।

ती नेताले भने, ‘कैयौं पटक उपेन्द्रजीले धोका दिनुभएको उहाँले बिर्सनुभएको छैन । आफूलाई अप्ठ्यारो पर्दा खुट्टा ढोग्ने र काम फत्ते भएपछि पछाडिबाट वार गर्ने पुरानो बानी छ उहाँको । त्यसैले सहकार्य असम्भव छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]