०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

पुर्वमन्त्री यादवले गरे दुई विद्यालयको भवन शिलान्यास

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् ।

पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

पुर्वमन्त्री यादव मधेश प्रदेश सरकारको शिक्षा तथा सांस्कृतिक मन्त्री रहेका बेला यी दुबै विद्यालयको शैक्षिक भवनको लागि बजेट राखेको थिए। सोही अनुरुप माध्यमिक विद्यालय कटैयामा चार कोठे भवनको लागि ५० लाख र आधारभुत विद्यालय खैरबोनाको लागि दुई कोठे भवन निर्माण गर्न २५ लाख बजेट छुट्याइएको थियो।

यी दुबै विद्यालयमा कक्षाकोठा अभाव रहेकोले शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट बजेट गरेको छ।

कार्यक्रममा विद्यालयका प्र.अ ,शिक्षक,शिक्षिका ,स्थानीय बुद्धिजीवी ,समाजसेवासहितको उपस्थितिमा पुर्व शिक्षामन्त्री यादवले विद्यालय भवनको शिलान्यास गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]