२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

एमाले र माओवादीसँग गठबन्धन भएको छैन : नेता यादव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले पाउनुपर्ने दाबी गरेका छन् ।

उनले भ्रष्टाचार र कुशासनमा संलग्न जनता समाजवादी पार्टी नेपालको सरकारको नेतृत्वबाट बहिर्गमन भएको अवस्थामा अब बन्ने नयाँ सरकारको स्वाभाविक नेतृत्व जनमत पार्टीले गर्न पाउनुपर्ने बताए ।

उनले भने, ‘विगतको चुनावमा जनमत पार्टीले प्राप्त गरेको जनादेशका कारण पनि सरकारको नेतृत्वमा हाम्रो दाबी छ ।’

उनले प्रदेशमा जनमत कुन गठबन्धनमा रहने विषयमा निर्णय भइनसकेको बताए । केन्द्रीय गठबन्धनको स्वरूपअनुसार मधेशमा पनि जनमतको सहकार्य सुनिश्चित हुने उनको भनाइ छ ।

जसपा नेपाल नेतृत्वको सरकारबाट नेकपा एमाले, नेकपा माओवादी बाहिरिनुअघि उनीसहिते एमाले, माओवादी र लोसपाका नेतासहितको तस्बिर आइतबार सार्वजनिक भएपछि जनमत पार्टी एमाले र माओवादीसहितको गठबन्धनमा सामेल हुने चर्चा चुलिएको छ ।

जनमत पार्टी संसदीय दलका नेता यादवले जसपा नेपालको नेतृत्वको सरकारबाट बाहिरिन तथा सरकारलाई दिएको समर्थन फिर्ता लिन आफूले एमाले र माओवादीको हौसला बुलन्द गर्न आइतबार ती पार्टीका नेतालाई भेटेको बताए । उनले भने, ‘सरकारसँगको साइनो चुँडाउन एमाले र माओवादीलाई ऊर्जा दिन तथा उत्साहित तुल्याउन मैले एमाले र माओवादीका नेतासँग आइतबार भेट गरेको हुँ । यसलाई गठबन्धनमा सम्मिलित भएको अर्थमा लिन हुँदैन ।’

आइतबार एमाले, माओवादी, जनमत र लोसपा नेताहरूको भेटमा गठबन्धन बनाउने र नयाँ सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा छलफल नभएको उनले बताए ।

नेता यादवले प्रदेश सरकार गठनमा जनमतको काँग्रेससँग पनि सहकार्य हुनसक्ने बताए ।

आज विहानै नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा कुमार यादवले मधेश प्रदेश सरकारको नेतृत्व गर्न जनमत पार्टीलाई अफर गरेको समाचार विभिन्न संचारमाध्यममा आएको थिए।यसको अर्थमा जनमत पार्टीको नेतृत्वमा मधेश सरकार बन्ने सम्भावना बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]