२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

सन्दीपको मुद्दा पेसीको पहिलो नम्बरमा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज (जेठ १ गते) का लागि पेसी तोकिएको छ।

सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए।

‘हाम्रो मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त छौँ’, उनले भने।यसअघि पाँचपटक पेसी तोकिएर पनि सुनुवाइ सरिरहेको छ।

अधिवक्ता घिमिरेका अनुसार अब सन्दीप पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ।गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। उच्च अदालतमा यसअघि पाँचपटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]