०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

लहानमा बम विष्फोट गराउँदै चार घरमा लुटपाट, पाँचजना घाइते

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

जनकपुरधाम । सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर ४ परिवारको घरमा लुटपाट गरेका छन् ।

राति खाना खाएर सुतिसकेको अवस्थामा हतियारधारी समूह घरमा प्रवेश गरी चार जनाको घरमा लुटपाट गरेका हुन् । स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट गरिएको छ ।

लुटेराहरुको समूहले नगद र सुनचाँदीका गरगरहना गरी करिब ५ लाख बराबरको सम्पत्ति लुटेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार लुटेराले पड्काएको बमको छर्रा लागेर ५ जना घाइते भएका छन् ।

घाइतेहरुको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते योगेन्द्र यादव र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको छ । अन्यको अबस्था सामान्य छ ।

डीएसपी सोतीले लुटेराले घटनाको विषयमा छानविन गरिरहेको बताए । अहिले घटना गराउनेबारे केही नखुलेको उनको भनाई छ ।

लुटपाटबाट पीडित भएका परिवारलाई १र१ लाख रुपैँया सहयोग गर्ने लहान नगरपालिकाका मेयर महेश चौधरीले घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]