१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

सभापति सिंहद्वारा आधारभुत विद्यालय कजोलीमा २ कोठे भवनको शिलान्यास

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

जनकपुरधाम।मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले आधारभुत विद्यालय कजोलीमा दुई कोठे शैक्षिक भवनको शिलान्यास गरेको छ।

सप्तरीको महदेवा गाउँपालिका-२ कजोलीका आधारभुत विद्यालयमा एक कार्यक्रमबीच यसै क्षेत्रका प्रदेश सांसदसमेत रहेका सभापति सिंहले शिलान्यास गरेका हुन् ।

निर्माण हुन लागेका भवनको लागि मधेश सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट तत्कालीन मन्त्री महेश प्रसाद यादवले २५ लाख बजेट छुट्याइएको थिए।

सो शिलान्यास कार्यक्रममा महदेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल ,वडाध्यक्ष जागेश्वर ईसर, शिक्षा ईकाइका प्रमुख शुबेन्द्र साह, स्थानीय नेता सुरेन्द्र यादव,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्र.अ,शिक्षक,शिक्षिका,स्थानीय सामजसेवीहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]