०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : अध्यक्ष नेपाल

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

काठमाडौँ । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा नेपाल विभाजन नभए विभाजित गरिएको आरोप लगाएका हुन् ।

नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई निर्वाचन आयोगले समेत मान्यता दिएकोमा असन्तुष्टि पोखे ।

‘समाजवादी मोर्चामा सहभागी भएको एउटा पार्टी विभाजित गरियो । विभाजित गरिएको मात्र होइन । सरकारबाट निकालियो । आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने तपाईंलाई लाग्ला । होइन निकालियो । मुन्ट्याउने काम मात्र भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो,’ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘हिजो काम छँदाको भाँडो काम सकिएपछि ठाँडो भने जस्तै उपेन्द्र यादवको हामीले अवस्था देखिरहेका छौँ ।

तपाईंहरू सबैलाई थाहा छ । केपी ओलीको प्रतिगमनविरुद्ध जुद्धने सिलसिलामा सँगसँगै अगाडि बढेको त्यो पार्टी । निर्वाचन पश्चात् बनेको गठबन्धनको एक महत्त्वपूर्ण घटक त्यो पार्टी विभाजित भयो । विभाजन गरियो । जनता समाजवादी पार्टी नेपालमा नेपाल हटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी निर्माण गरियो । निर्वाचन आयोगले त्यसलाई मान्यता दियो ।’

विभाजन वैधानिक थियो कि थिएन भन्ने कुरा अदालतले नै टुङ्गो लगाउने उनको भनाइ छ । गएको फागुन २१ गते फेरिएको एमाले सहितको नयाँ गठबन्धनमा जसपाले साथ दिएको थियो । सरकारका निवर्तमान उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका यादव अमेरिका र कतार भ्रमण रहेकै बेला विभाजन भएको थियो । विभाजनपछि यादवले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]