१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन्

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

विराटनगर। कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् ।

अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्ने मौका दिइएको छ ।

निर्वाचन आयोगले दिएको समय बमोजिम आफूले अशोक राई नेतृत्वको जसपा रोजेको जानकारी लिम्बूले खबरहबलाई दिएकी छन् ।

ताप्लेजुङकी लिम्बू कोशी प्रदेशसभामा जसपा नेपालकी एक्ली सांसद थिइन् । उनले अशोक राई नेतृत्वको जसपा रोजेसँगै कोशीमा यादव नेतृत्वको पार्टी सांसदविहीन भएको छ ।

अशोक राई नेतृत्वको जसपाले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गरिसकेको छ । यस्तोमा अब निर्मलाले कोशीमा मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ ।

‘नयाँ राजनीतिक परिस्थिति अनुसार यहाँ हामीले मुख्यमन्त्रीलाई समर्थन गरिसकेका छौँ’, उनले भनिन्, ‘अब सरकारमा जाने-नजाने विषय पार्टीको निर्देशनअनुसार हुनेछ । पार्टीले सरकारमा पठाएमा जान्छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]