१३ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
×

कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन्

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

विराटनगर। कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् ।

अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्ने मौका दिइएको छ ।

निर्वाचन आयोगले दिएको समय बमोजिम आफूले अशोक राई नेतृत्वको जसपा रोजेको जानकारी लिम्बूले खबरहबलाई दिएकी छन् ।

ताप्लेजुङकी लिम्बू कोशी प्रदेशसभामा जसपा नेपालकी एक्ली सांसद थिइन् । उनले अशोक राई नेतृत्वको जसपा रोजेसँगै कोशीमा यादव नेतृत्वको पार्टी सांसदविहीन भएको छ ।

अशोक राई नेतृत्वको जसपाले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गरिसकेको छ । यस्तोमा अब निर्मलाले कोशीमा मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ ।

‘नयाँ राजनीतिक परिस्थिति अनुसार यहाँ हामीले मुख्यमन्त्रीलाई समर्थन गरिसकेका छौँ’, उनले भनिन्, ‘अब सरकारमा जाने-नजाने विषय पार्टीको निर्देशनअनुसार हुनेछ । पार्टीले सरकारमा पठाएमा जान्छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]