०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।

लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादवले कृतिको विमोचन गर्नुहुँदै मुलुकमा शान्ति प्रक्रिया स्थापना, अहिलेको लोकतान्त्रिक संविधान रक्षाका लागि पूर्वप्रधानमन्त्री नेपालले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहने बताउनुभयो ।

मुलुकको राजनीतिक घटनाक्रमका विभिन्न ऐतिहासिक विषयलाई समेटिएको उक्त पुस्तकले विभिन्न पुस्ताका नागरिकलाई राजनीतिक विकासक्रमको ज्ञान उपलब्ध गराउने उल्लेख गर्नुभयो । उहाँले मधेसमा जन्मेर सिङ्गो देशलाई बुुझ्न सक्ने सरल, सादगी र इमान्दार नेता नेपाल सच्चा कम्युनिष्ट र समकालीन राजनीतिमा एउटा राजनेताका रुपमा स्थापित हुनुुभएको बताउनुुभयो । अहिलेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएकाले यसको विकल्पमा जान नहुनेमा उहाँले जोड दिनुुभयो ।

पूर्वराष्ट्रपति डा यादवले नीति तथा कार्ययोजना निर्माण कुशल र दुरदर्शी नेता नेपालसँग विसं २०४६ को जनआन्दोलनपछि आफूले चिनेको र धेरै विषयमा सहकार्य र समन्वय गरेको स्मरण गर्नुुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले इतिहासका प्रत्येक घटनालाई सङ्ग्रह गरी प्रकाशित कृति महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुहुँदै त्यसलाई अध्ययन गरेर पाठकबाट आउने सुुझावलाई प्रेरणाका रुपमा लिने प्रतिक्रिया दिनुभयो । उहाँले इतिहासका तथ्यलाई अध्ययन गरी अर्को पुुस्तक पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]