राजेन्द्र महतो,लहान। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित पुरानोबजारबाट प्रहरीले बिहिवार लागु पदार्थ गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा बाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका – ५ का ५० वर्षीय राम कुमार मण्डलले आफ्नै घरमा लुकाइ छिपाइ बिक्री वितरण गर्न राखेको ५ के जी लागू पदार्थ गाजा सहित पक्राउ गरेको हो।

पक्राउ परेका मण्डल लाई ईलाका प्रहरी कार्यालय मिरचैयामा राखि आबशयक कार्बाही तथा थप अनुसन्धान भइरहेको को जिल्ला प्रहरी कार्यालय सिरहा का डि एस पी तथा प्रबक्ता अपिल राज बोहरा ले बताएका छन।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh