११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

उपेन्द्र यादवको मुद्दामा सुनुवाइ जारी

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ ०२, २०८१

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ ।

उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गरेका छन् ।

अध्यक्ष नभएको अवस्थामा कुल केन्द्रीय सदस्य र निवेदन दिएकाहरूको संख्या एकिन नै नगरी आयोगले जनता समाजवादी पार्टी नेपालको नामसँग हुबहु मिल्ने गरी पार्टी दर्ता गरिएकाले उक्त निर्णय बदनीयतपूर्ण रहेको जिकिर रिट निवेदनमा गरिएको छ । यादवले सोमबार रिट दायर गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]