२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सप्तरीको दुई स्थानमा चोरी

Logo
प्रकाशित शुक्रबार, आश्विन १०, २०७६

राजबिराज,आश्विन १० गते । सप्तरीको विभिन्न दुई स्थानबाट चोरी भएको छ । सप्तरीको सदरमुकाम राजबिराज ५ र सुरुङ्गा नगरपालिका ११ बाट चोरी भएको हो ।

राजविराज नगरपालिका ५ निवासी कुष्ण साहको पसलको सटरको ताला फुटाएर करिब २ लाख १० हजार मूल्य बराबरको सामान चोरी भएको छ भने त्यसैगरी सुरुङा नगरपालिका ११, स्थित जनता माविको कम्प्युटरका सामान हरु चोरी भएको गरिएको सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले ‘एक वर्षे सुरक्षा रणनीति’ सार्वजनिक गर्दै गर्दा सप्तरीको विभिन्न दुई स्थानबाट एक दिन पनि बित्न नपाउँदै दुई चोरीको घटना सार्वजनिक भएको छ।

साथै उक्त घटनाको चोरीमा संलग्नहरुको खोजी कार्य भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]