१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०८, २०८१

काठमाडौं। सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएकाे छ।

सहकारीको अर्बौं रकम हिनामिना प्रकरणको छानविन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको जारी बैठकमा समितिको कार्यादेश (टिओआर) का विषयमा छलफल भइहरेकाे छ।

यसअघिका बैठक समितिको टिओआरका विषयमा सहमतिमा पुग्न सकेका थिएनन्। बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न सहमत भएका प्रमुख दलहरू समितिको टिओआरमा पुगेर अड्किएको हो।

समिति गठनका विषयमा कुरा नमिलेपछि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास असफल हुँदै आएका छन्। शनिबार साँझ बालुवाटारमा सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता संसदीय छानविन समिति गठन गर्न सहमत भएका थिए।

सहमतिअनुसार सत्ता र प्रतिपक्षबाट चार सदस्यीय कार्यदलसमेत गठन गरेर आइतबार दिनभर कार्यदलस्तरमा समितिको कार्यादेश बनाउन नेताहरू जुटेका थिए। तर, उनीहरूको छलफलले कुनै नतिजा दिन सकेन।

टिओआरमा सहमति खोज्ने प्रयासस्वरूप कार्यदल र पार्टीभित्र विभिन्न चरणका छलफल भए पनि सत्ता र प्रतिपक्षले आ-आफ्नो अडान नछोडेपछि कुनै सहमति हुन सकेन।

समितिको कार्यादेशमा सहकारीको रकम हिनामिनामा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विषयमा दलहरूबीच कुरा मिल्न नसकेको हो। रविको नाम कार्यादेशमा राख्नुपर्छ भन्ने कांग्रेसको अडान छ भने सत्तापक्षले त्यसलाई अस्वीकार गरेको छ।

जसका कारण सहमति जुट्न कठिन भएको हो। अरू लगभग कुरा मिले पनि छानविन समितिको कार्यादेशमा रवि लामिछानेको नाम राख्ने÷नराख्ने भन्नेमै मुख्य मतभेद देखिएको छ। आइतबार बिहान कांग्रेससहित विपक्षी मोर्चाको बैठक बसेर लामिछानेलाई संसदमा बोल्न दिन सहमत त भयो तर, समिति बनाउनेबारे सहमति हुन सकेन।

एउटा विषयमा बन्ने छानविन समितिको कार्यादेशमा अल्झिँदा सिंगो संसद् नै बन्धकजस्तै बनेको छ। कांग्रेसले संसद्को अधिवेशन सुरु भएयता सहकारी घोटालाको विषय चर्को रूपमा उठाउँदै आएको छ।

नेपाली कांग्रेसले छानविन समितिलाई बटमलाइन बनाएपछि सुरुवाती दिनमा छानविन समितिको नामै उच्चारण गर्न नचाहेको सत्तापक्ष पछिल्लो समय समिति गठनमा लचक बने पनि टिओआरको सवालमा टसको मस नभएपछि समस्या गिजोलिएको हो। यसै विषयमा सहमति खोज्न कार्यदलको बैठक बस्न लागेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]