०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

छ वर्षीय छोराद्वारा पत्रकारलाई दागबत्ती

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ ०५, २०८१

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ६ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको कारले किचेर ह’त्या गरेको बुझिएको छ।

कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा उनको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार आज बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारले ठक्कर दिएपछि घाईते भएका पत्रकार रोहितालाई सोही कारले ब्याक गरेर पुन किचेर मारेको उनीसँगै रहेका उनका साथीले प्रतिक्रिया दिएका छन् ।

दुई साथीसँग डेरा फर्किदै गर्दा मधेश भवनतर्फबाट तीव्र गतिमा आएको कारले पत्रकार रोहिताको मोटरसाईकललाई ठक्कर दिएको बताईएको छ । प्रदेश प्रहरी कार्यालयबाट पूर्वतर्फ मोटरसाईकल क्रस गर्न खोज्दा थापाचोकस्थित रहेको टावर लाईटस्थित नै उनलाई कारले उडाएको हो । कारले उडाएपछि पनि समान्य बोलचाल गरेका पत्रकार रोहितालाई कारले पुनः ब्याक गरेर किचिदिएको उनका साथी रुपेश गोहिबारले प्रतिक्रिया दिएका हुन् ।

पत्रकार रोहिता धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ निवासी रहनुभएको थियो । ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइन खबरमा कार्यरत रहनुभएको थियो । प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ ।

आज दिउँसो ४ बजे उहाँको अन्तिम संस्कार जनकपुरधामको गङ्गासागरस्थित स्वर्गद्वारमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]