१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

जनकपुरमा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ता जनमतमा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ ०९, २०८१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छन् ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका-१८ मा जनमत पार्टीका नेता दिनेश साहको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साहले टीका र अबिर लगाएर पार्टीमा स्वागत गरेको छ।

सो कार्यक्रममा पार्टीका विदेश विभाग संगठनको गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितिका सल्लाहकार जगत लाल मण्डल ,पार्टीकी महिला नेतृ पुनिता यादव,राघबेन्द्र मण्डलले पार्टीको विचार सिद्धान्तबारे आफ्नो धारणा राखेका थियो।

उक्त कार्यक्रम स्थानीय अबराम मण्डलको अध्यक्षतामा सप्पन्न गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]