०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनकपुरको ट्राफिक ब्यवस्थापनमा उदाहरणीय प्रहरी सहायक निरीक्षक मण्डल

Logo
प्रकाशित शुक्रबार, आश्विन १०, २०७६

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुरधामको ट्राफिक ब्यवस्थापन निकै चुनौती बन्दै गएको अवस्थामा रेल्वे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक जय प्रकाश मण्डल उदाहरणीय बनेका छन । प्रहरी सहायक निरीक्षक मण्डल नियम बिपरित सवारी चलाउने चालकलाई आफै नियम सम्बन्धमा जनकारी गराई सचेत गराउँदै आएका छन । उनले मोटरसाईकल चालकको हेल्मेटको हुक मात्र लगाउदैन्न, दुर्घटनाबाट हुने सम्भावित घटना प्रती सचेत गराउँछन ।

“जनकपुरको भानु चौक, मिल्सएरिया, रेल्वे स्टेशन, कदम चौक, शिव चौक तथा चुरोट फ्यक्ट्री सहितको सडक खण्डमा विशिष्ट ब्यक्ति र सर्वसाधारणको बढी आवतजावत गर्ने क्षेत्र हो । यो सडक खण्डमा प्रहरी सहायक निरीक्षक मण्डल कमाण्डको ट्राफिक प्रहरी पछिल्लो समय सकृय छन ।” भानु चौकका यूवा रबिन्द्र अरगरिया भन्छन -“ट्राफिक प्रहरीको काम निकै सराहनीय छ । पहिले पहिले मूल सडक नै ढाकिने छिपिने गरि सवारीहरु पर्किँग गर्ने गरेका थिए । प्रहरी सहायक निरीक्षक मण्डल आए पश्चात् यस्तो प्रवृत्ति रोकिएको छ । भानु चौक अहिले ट्राफिक ब्यवस्थापनमा निकै राम्रो भएको छ । ”
जनकपुरको मुट्टु भानु चौक ट्राफिक ब्यवस्थापनमा उदाहरणीय बनाउनमा प्रहरी सहायक निरीक्षक मण्डल दिनरात लागेको यूवा नेता बिनोद रोहिता बताउँछन । प्रहरीको सकृयता र स्थानिय यूवा, व्यापारी, बुद्धिजीवीको सहयोगले प्रहरीलाई ट्राफिक ब्यवस्थापनमा ठूलो सहयोग भेटेको प्रहरी सहायक निरीक्षक मण्डल सुनाउँछन ।
सुरुमा भानु चौक सहित मूख्य बजार भित्र ट्राफिक नियम पालना गराउन निकै अप्ठ्यारो स्थितिको सम्झना गर्दै उनले भने -“बिस्तारै ट्राफिक ब्यवस्थापनलाई ट्रयाकमा ल्याउदैछु । यहांको ट्राफिक ब्यवस्थापन सुदृढ भएपछि स्थानीयवासी सहित सडकमा आवतजावत गर्ने हरेक नगरिकलाई सहज हुन्छ । सवारी दुर्घटना न्यूनीकरण हुन्छ । अकाल मृत्यु बाट सबै जोगिन्छन । व्यापार ब्यबसायी समेत फस्टाउंछ्न ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]