१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

जनकपुरको ट्राफिक ब्यवस्थापनमा उदाहरणीय प्रहरी सहायक निरीक्षक मण्डल

Logo
प्रकाशित शुक्रबार, आश्विन १०, २०७६

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुरधामको ट्राफिक ब्यवस्थापन निकै चुनौती बन्दै गएको अवस्थामा रेल्वे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक जय प्रकाश मण्डल उदाहरणीय बनेका छन । प्रहरी सहायक निरीक्षक मण्डल नियम बिपरित सवारी चलाउने चालकलाई आफै नियम सम्बन्धमा जनकारी गराई सचेत गराउँदै आएका छन । उनले मोटरसाईकल चालकको हेल्मेटको हुक मात्र लगाउदैन्न, दुर्घटनाबाट हुने सम्भावित घटना प्रती सचेत गराउँछन ।

“जनकपुरको भानु चौक, मिल्सएरिया, रेल्वे स्टेशन, कदम चौक, शिव चौक तथा चुरोट फ्यक्ट्री सहितको सडक खण्डमा विशिष्ट ब्यक्ति र सर्वसाधारणको बढी आवतजावत गर्ने क्षेत्र हो । यो सडक खण्डमा प्रहरी सहायक निरीक्षक मण्डल कमाण्डको ट्राफिक प्रहरी पछिल्लो समय सकृय छन ।” भानु चौकका यूवा रबिन्द्र अरगरिया भन्छन -“ट्राफिक प्रहरीको काम निकै सराहनीय छ । पहिले पहिले मूल सडक नै ढाकिने छिपिने गरि सवारीहरु पर्किँग गर्ने गरेका थिए । प्रहरी सहायक निरीक्षक मण्डल आए पश्चात् यस्तो प्रवृत्ति रोकिएको छ । भानु चौक अहिले ट्राफिक ब्यवस्थापनमा निकै राम्रो भएको छ । ”
जनकपुरको मुट्टु भानु चौक ट्राफिक ब्यवस्थापनमा उदाहरणीय बनाउनमा प्रहरी सहायक निरीक्षक मण्डल दिनरात लागेको यूवा नेता बिनोद रोहिता बताउँछन । प्रहरीको सकृयता र स्थानिय यूवा, व्यापारी, बुद्धिजीवीको सहयोगले प्रहरीलाई ट्राफिक ब्यवस्थापनमा ठूलो सहयोग भेटेको प्रहरी सहायक निरीक्षक मण्डल सुनाउँछन ।
सुरुमा भानु चौक सहित मूख्य बजार भित्र ट्राफिक नियम पालना गराउन निकै अप्ठ्यारो स्थितिको सम्झना गर्दै उनले भने -“बिस्तारै ट्राफिक ब्यवस्थापनलाई ट्रयाकमा ल्याउदैछु । यहांको ट्राफिक ब्यवस्थापन सुदृढ भएपछि स्थानीयवासी सहित सडकमा आवतजावत गर्ने हरेक नगरिकलाई सहज हुन्छ । सवारी दुर्घटना न्यूनीकरण हुन्छ । अकाल मृत्यु बाट सबै जोगिन्छन । व्यापार ब्यबसायी समेत फस्टाउंछ्न ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]