१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

कमलामा विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १०, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ता जनमत पार्टी प्रवेश गर्नुभएको छ।

अबराम मण्डलको अध्यक्षतामा कमला नगरपालिका-९ मा आयोजित पार्टी प्रवेश कार्यक्रम जनमत पार्टीका नेता दिनेश साहको प्रमुख आतिथ्यमा विभिन्न पार्टीका एक सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत प्रवेश गर्नुभयो।

उहाँहरुलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल र कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता साहले गम्छा टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

उक्त कार्यक्रममा कांग्रेस ,एमाले र जनता समाजवादी पार्टी नेपालका विभिन्न पदमा रहेका नेताकार्यकर्ता र महिला नेतृहरु पार्टी प्रवेश गर्नुभएको छ।

सो कार्यक्रममा विशिष्ट अतिथिमा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितिको सल्लाहकार जगत लाल मण्डल ,जनमत पार्टीका राष्ट्रिय परिषद सदस्य जय नारायण साह,प्रदेश सदस्य दिपेन्द्र कुमार तेथवार रहेको थियो।

नवप्रवेशीहरुलाई जनमत पार्टीमा स्वागत गर्दै उहाँहरुको राजनीतिक यात्राको सुखद रहोस् भने वक्ताहरुले शुभकामना दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]