जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा आफ्नो अधिकार प्राप्तिका लागि दर्जनौं महिलाहरु पार्टी प्रवेश गरेकी छिन् ।
शहिदनगर नगरपालिका-५ हरबरामा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नगर सदस्य शिला देवी मण्डल ,नेकपा एमालेकी अमृती कुमारी मण्डल ,दुलारी देवी शर्मा,आशा मण्डलले प्रवेश गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए ।
उनका अनुसार जनता समाजवादी पार्टी नेपालकी सवित्री देवी केवट, रानिबती देबि मण्डल , जितो देबि मण्डल , चन्द्रकला देबि , रिता देबि शर्मा , नेपाली कांग्रेसकी फुलकुमारी देबि मण्डल, रामदुलारी देबि मण्डल र निर्मला कुमारी पासमानलगाइत एक दर्जनभन्दा बढी महिला नेत्रीहरु जनमत प्रवेश गरेको हो ।
नवप्रवेशीहरु महिला नेत्रीहरुलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले मधेशी महिलाहरुलाई पनि आफ्नो अधिकारको प्राप्तिको लागि जनमत पार्टीमा जुडन आग्रह गरिएको छ।उनले जनमत पार्टी सबैको साझा पार्टी रहेकोले यस पार्टीमा लाग्न आवश्यकता रहेको बताइन् ।