२८ कार्तिक २०८१, बिहिबार
14-11-2024 , Thu
×

एक गाईले फेरिदियो पाँच युवाको जीवन

Logo
धीरेन्द्रप्रसाद साह प्रकाशित शनिबार, जेठ १२, २०८१

जनकपुरधाम । सरकारी, गैरसरकारी संस्थाको जागिर छाडेर पाँच जना युवा मिलेर एउटा मात्र गाई किनेर सुरु गरेको व्यवसायबाट अहिले करोडौँको कारोबार भइरहेको छ । यसरी जागिर छोडेर तत्काल बेरोजगार भएका युवाले गाई किन्दा घरपरिवारबाट असहयोग मात्र होइन सबैले पागल भइस् भन्थे ।

तर पनि दह्रो विश्वास, दृढ सङ्कल्पका साथ २०६९ मा ७२ हजार रुपियाँमा किनेको गाईको नाम नन्दनी राखियो । यो गाईको मालिक महोत्तरी पिप्रा गाउँपालिका–७ का राकेशकुमार झा, सुखीपुर नगरपालिका–२ का रामरिझन यादव, मनोजकुमार यादव, इन्दिरा दास र अजितलाल कर्ण हुनुहुन्छ । जागिरमा हुँदा अनेकन स्थान घुमफिर गर्ने व्रmममा सिरहाको सुखीपुरस्थित एक जनाको आधुनिक र आकर्षक घर देखेर भित्र पस्दा घरधनीले माछापालन, सजिवन तरकारी गरेको देखेर उहाँहरू अभिप्रेरित हुनुभएको थियो ।

त्यहाँबाट कृषिकर्म गर्न प्रेरित भएर करिब १२ जिल्लाका कृषि फर्म अवलोकन गर्न मोटरसाइकलमै कुदेर बुटवल, भैरहवासम्म भ्याउनुभयो । अनुभव बटुलेर फर्किएपछि सिरहाको गोलबजारस्थित पाँच बिघामा फार्म हाउस बनाउन एक वर्षसम्म भौतिक संरचना, सडक, वृक्षरोपणलगायतको काम गरेर त्यहाँ करिब २० लाख रुपियाँ पनि खर्च गर्नुभयो तर सफलता नपाउँदा परिवारले सहयोगको ढोका पूर्ण रूपमा बन्द गरिदिँदा मनोबल खस्किसकेको थियो ।

त्यसको सात÷आठ महिनापछि २०६९ सालमा जागिर छोडेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीमा नन्दनी गाई फर्म खोलेर एउटा गाई मात्र किन्नुभयो । नन्दनी नामको गाईको दुधबाट दैनिक पैसा आउन थालेपछि मनोबल उच्च हुन थाल्यो । गाईको स्याहारसुसार गर्ने खुवाउने, पानी दिने, चरिचरन गराउनेलगायतको काममा उहाँहरू आफैँ जुट्नुभयो । गाईको शुद्ध दुध जनकपुर बजारमा बेच्न सुरु गर्दा शुद्धताको ब्रान्ड बन्यो । दुधबाट मासिक रूपमा १८ हजार कमाइसँगै पाँच मित्रको जीवनको भाग्यरेखा नै फेरियो ।

नन्दनी नामको गाई बुढो भएर म-यो तर अजितलाल कर्ण मोबाइलको वालमा नन्दनी गाईका तस्बिर राखेर सधँै स्मरण गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “दुध बेचेर आम्दानी हुन थालेपछि अरू धेरै गाई थप्यौँ । दुधको शुद्धताको ब्रान्डले सडकमा बसेर दुध बेच्नुभन्दा व्यवस्थित ढङ्गले बिव्रmी गर्न सन् २०१७ मा फार्ममै नन्दनी डेरी उद्योग सञ्चालनमा ल्यायौँ ।” अहिले यो डेरीले शुद्धता, गुणस्तरीयता, अर्गानिकमा निकै ख्याति कमाएको छ । तत्कालीन बजार प्रवर्धन निर्देशनालय काठमाडौँले डेरी खोल्न दिएको १० लाख रुपियाँ अनुदानको रकममा १७÷१८ लाख रुपियाँ ऋण थप गरेर डेरी खोलेको अजित बताउनुहुन्छ । अहिले वार्षिक ७० हजार लिटर दुध बिव्रmी गर्न सजिलो भएको उहाँको भनाइ छ । यो फार्म अहिले भाडाको एक कट्ठासहित २४ कट्ठामा फैलिएको छ ।

घाँसका लागि छुट्टै दुई बिघा खेत छ । डेरी उद्योगमा दही, दुध, पनि, घिउ, रसभरी, लालमोहन, पेडा, बर्फीलगायत २८ किसिमका मिठाई र डोसा, चाउमिन, विभिन्न प्रकारका चाट, राजकिशोर बेच्न थालेकाले दिनभरि उपभोक्ताको भरिभराउ रहन्छ । वार्षिक साढे तीन करोड रुपियाँको कारोबार गरिहेरको डेरीमा वरिपरिका किसानबाट मासिक दुध खरिद, १७ जना कामदार र पाँच जना सञ्चालकमा मासिक २१ लाख खर्च हुने गरेको छ ।

अटुट विश्वास
नन्दनी कृषि फार्म र डेरी उद्योगको कारोबार करोडौँमा भइरहँदा सञ्चालक पाँच मित्रबिच कुनै किसिमको कागजी प्रमाण भने छैन । आपसी विश्वासमा अहिलेसम्म चलेको दाबी गर्छन् । अजित भन्नुहुन्छ, “हामीबिच अटुट विश्वास छ । त्यही विश्वासले अहिलेसम्म चलेको छ, भविष्यमा पनि चल्ने छ ।” आम्दानी पनि आपसमा बाँडफाँट नगरी फार्म र डेरी विस्तार, सुविधामा लगानी गर्दै अगाडि बढिरहेको उहाँको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]