१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सीके राउतले आज भृकुटीमण्डपबाट ‘नौलो गणतन्त्र’को आन्दोलनको उद्घोष गर्दै

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ १५, २०८१

जनकपुरधाम । डा‍. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्ने भएका छन् । जनमतले काठमाडौंको भृकुटीमण्डपमा आज उद्घोष सभा राखेको हो ।

सभाको सम्बोधन अध्यक्ष डा‍ राउत र सो पार्टीका नेताहरूले गर्ने बुझिएको छ । सोमवार मधेशका प्रायः गाउँबाट जनमतका नेता कार्यकर्ताहरू नाइट बसमार्फत काठमाडौं हिँडेका थिए । उनीहरू आज काठमाडौं पुगेका छन् ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले महसुस गर्न नसकेकाले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्न लागेको जनमतका नेताहरू बताउँछन् ।

देश राजनैतिक दल र नेताहरूको स्वेच्छाचारी, तानासाही, भ्रष्टाचार र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको जनमतको ठहर छ । सो पार्टीले अब विकासका लागि जनता नउठे देशको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको भन्दै ‘नौलो गणतन्त्र’को आन्दोलनमा होमिन जनमतले आह्वान गरेको छ ।

जनमतले आन्दोलनमा सहभागी हुन जनतालाई आह्वान गर्दै भनेको छ, ‘सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ, जहिले पनि कुर्सीको लडाई छ । देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेका उद्योगधन्दाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक लगानीलाई भगाउँदैछन् । आठ लाखभन्दा बढी युवाहरू वर्षेनि बिदेसिन बाध्य छन् । रोजगारी दिने त कहाँ हो कहाँ, वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गर्दैछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]