०४ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

अष्ट्रेलियामा प्रान्तीय चुनाव लड्दै नेपाली चेली स्नेहालता

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

काठमाडौँ । अष्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपाली चेली स्नेहालता केसी चुनाव लड्ने भएकी छन् ।उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि आफ्नो उम्मेदवारी दिन लागेकी हुन् ।

स्नेहालाई एक सभामा अरू प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले सँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए ।

भोटिङ चेक पाँच सदस्यीय प्यानलमा तीन जनाकै अन्तरवार्ता राखिएको थियो । जसमा जनताबाट प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

अष्ट्रेलिया क्यापिटल टेरिटोरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ ।

अष्ट्रेलिया क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यानबेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् ।

उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् । स्नेहालता नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् । उनले नेपाल हुँदा विज्ञापन र म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी थिइन् । उनी पूर्व सञ्चारकर्मी समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]