२३ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अष्ट्रेलियामा प्रान्तीय चुनाव लड्दै नेपाली चेली स्नेहालता

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

काठमाडौँ । अष्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपाली चेली स्नेहालता केसी चुनाव लड्ने भएकी छन् ।उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि आफ्नो उम्मेदवारी दिन लागेकी हुन् ।

स्नेहालाई एक सभामा अरू प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले सँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए ।

भोटिङ चेक पाँच सदस्यीय प्यानलमा तीन जनाकै अन्तरवार्ता राखिएको थियो । जसमा जनताबाट प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

अष्ट्रेलिया क्यापिटल टेरिटोरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ ।

अष्ट्रेलिया क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यानबेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् ।

उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् । स्नेहालता नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् । उनले नेपाल हुँदा विज्ञापन र म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी थिइन् । उनी पूर्व सञ्चारकर्मी समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]