०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

मधेशमा उखरमाउलो गर्मी : ५ दिन विद्यालय बन्द

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

जनकपुरधाम ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा गर्मी बढेपछि सबै सामुदायिक र संस्थागत विद्यालय ५ दिनको लागि बन्द गरिएको छ।

उखरमाउलो गर्मीले देशभरसँगै विशेषगरी तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ ।

केही दिनयता मधेशका जिल्लामा दिउँसो तापक्रम ४१/४२ डिग्री सेल्सियससम्म पुग्छ । तापमान बढेसँगै तातो हावा (लू) पनि चलेको छ । बि १०/११ बजेपछि घरबाट बाहिर निस्किनै मुस्किल हुन्छ । पंखामा पनि तातो हावाका कारण दैनिक जीवन कष्टकर बनेको छ ।

जनकपुरधाम बजार क्षेत्रका सडकहरु सुनसान छ । घामबाट बच्न टाउकोमा गम्छा (लुगा) राखेर साइकलमा यात्रा गर्न बाध्य देखिन्छन् मानिसहरु । सडक पेटीमा चप्पल जुत्ता मर्मत गर्ने, सातु सर्वत बेच्ने, ठेलावालहरू पनि छहारी खोजिरहेको देखिन्छ ।

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि जनकपुरधाम उपमहानगरले भोलिदेखि ५ दिनका लागि विद्यालय बिदा दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गर्मी अत्यधिक बढेकाले ५ दिन आकस्मिक गर्मी बिदा दिएको जानकारी दिए ‌। उनका अनुसार ज्येष्ठ १७ गतेदेखि २१ गतेसम्मका लागि उपमहानगरका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द रहनेछ ।

उपमहानगरको सूचनामा भनिएको छ, ‘गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै ५ दिन बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक तथा संस्थागत विद्यालयमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द हुने व्यहोरा अनुरोध छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]