१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी गाउँपालिका

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १७, २०८१

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए ।

सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्य तयारी भइरहेको थियो ।

गाउँपालिकाको खजुरी स्वास्थ्य शाखाद्वारा आयोजित समारोह गाउँपालिकाका अध्यक्ष दिपेनदेव यादवको अध्यक्षतामा भएको थियो ।

समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख सङ्गीता ठाकुर, गाउँपालिका उपाध्यक्ष कमला सहगल, प्रशासकीय अधिकृत सैलेष यादव, खजुरी स्वास्थ्यचौकी प्रमुख अयोधी दास, वडा नं-४ का वडाध्यक्ष दिलीप यादव तथा धनुषा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले खोपको महत्त्व बारेमा जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]