२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

भज्जका बिधालयमा चोरी गर्ने दुई प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

राजबिराज । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित भज्जका बिधालयबाट विभिन्न सरसमान चोर्ने स्थानीय दुई जना चोरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

असोज ८ गते रातीको समयमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.११ स्थित रहेको जनता माध्यमिक विधालय खैजनपुर भज्जका स्कुलको कार्यालय कोठामा बिद्यालय प्रयोजनको लागी राखिएको कम्प्यूटरको मोनिटर थान १, ब्रदर कम्पनीको फोटो कपी मेसिन थान १, बज्ने स्पीकर थान २, स्टेण्ड फेन १ थान, चिया पकाउने केतली १ थान, स्वीच वोर्ड थान १, आई.सि.टि.ई.हाजिरी मेसिन थान १ तथा सो को चार्जर थान १ र राउटर थान १ चोरी भएको थियो ।

उक्त समान चोरी भएको भनि उजुरी अधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धान गर्दै जादा असोज ९ गते सुरुङ्गा नगरपालिका वडा नं.११ वस्ने वर्ष १९ को सुरेश चौधरी र वर्ष १९ को दिपेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुबै जनालाई सोधपुछ गर्दै गर्दा निजहरुले नै उक्त सामानहरु चोरी गरेको भनि खुलेकोमा माथि उल्लेखित चोरी भएका सामानहरु सुरुङ्गा ११ स्थित अधिकलाल चौधरीको धान खेतमा लुकाई छिपाई राखेको अवस्थामा चोरीका सम्पुर्ण सामानहरु बरामद गरिएको जनाएको छ ।

यता उक्त घटनामा संलग्न निज दिपेश कुमार चौधरी र सुरेश चौधरीलाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]