२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

धनुषामा गहुँ उत्पादनमा कमी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ १८, २०८१

जनकपुरधाम । धनुषामा गहुँको उत्पादनमा कमी आएको छ । जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिएकामा ५७ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएको छ ।

गत वर्ष भने ३४ हजार हेक्टर क्षेत्रफलमा गहँु खेती गरिएकामा एक लाख १५ हजार ६ सय मेट्रिकटन उत्पादन भएको थियो ।दुवै आर्थिक वर्षबीचको तुलना गर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १८ हजार चारसय ५० मेट्रिकटन गहुँ कम उत्पादन भएको छ ।

यसबाट किसानलाई रु ७३ करोड ८० लाख घाटा भएको छ । अहिले प्रतिक्विन्टल रु पाँच हजारको दरले गहुँ बिक्री वितरण भइरहेको छ ।

यसवर्ष गहुँखेतीको क्षेत्रफलमा आएको कमी तथा मल र पानीको अभावका कारण गहुँ उत्पादनमा ह्रास आएको कार्यालयका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]