०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

ढल्केवरको मालपोत र नापी कार्यालयको उद्घाटन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ १८, २०८१

जनकपुरधाम । धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत कार्यालय र नापी कार्यालयको संयुक्त उद्घाटन गरिएको छ।

शुक्रबार ढल्केवरमा आयोजित एक समारोहकाबीच राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना र नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दुवै कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्।

२०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिए पनि मालपोत कार्यालय स्थापना हुन सकेको थिएन।

त्यसैको बहानामा नापी कार्यालय स्थापना भएको ८ वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुन सकेको थिएन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]