२६ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

सीके राउत पुगे अमेरिका,उपमहासचिव यादव गरे स्वागत

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ १८, २०८१

जनकपुरधाम ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज अमेरिका पुगेका छन् ।

अध्यक्ष डा.राउतलाई संयुक्त राज्य अमेरिकाको वाशिङटन डिसीमा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवसहितका टिमले स्वागत गरेका हुन् ।

उमहासचिव यादवका अनुसार अध्यक्ष डा.राउत एक सप्ताह अमेरिकामा रहनेछ ।

एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भोलि अमेरिकाको राजधानी वाशिङटन डिसीमा हुने भएको छ।

एन्टाको ७ औं महाधिवेशन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा हुने बुझिएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]