०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित !

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

जकनपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।

एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शुक्रवार छलफल भयो । छलफलमा जनमतको नेतृत्वको सरकार बनाउने सहमति जुटेको हो ।

ओली र प्रधानमन्त्री प्रचण्डसँगको शुक्रबार भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केन्द्रीय सत्ता गठबन्धनलाई नै समर्थन गर्ने संकेत दिएपछि जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने बाटोमा राजनीतिक कोर्ष अघि बढेको छ ।

एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरण अनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि विकल्पमा जनमतलाई अघि सार्ने तयारी एमाले र माओवादीको छ ।

एमाले र माओवादी सरकार छाडेपछि अल्पमतमा परेका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २३ जेठमा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघिकै बहुमतसहित जनमतको सरकार बनाउने कसरतमा सत्ता गठबन्धनका नेताहरु लागेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]