०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

मुख्यमन्त्री यादवद्वारा जमुनी सिचाई आयोजनाको निरीक्षण

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले जमुनी सिचाई आयोजना अन्तर्गत मोरहा पक्की बाँधको स्थलगत निरीक्षण गर्नु भएको छ ।

प्रदेश सरकारको लगानीमा समपुरक अनुदान अन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधिन उक्त आयोजनाको सतर्कता केन्द्रको टोली सहित मुख्यमन्त्री यादवले आज स्थलगत निरीक्षण गर्नु भएको हो ।

२२ करोड ५३ लाख २३ हजारको कुल लागत मध्ये १० करोड ७४ लाख ५४ हजार ८६६ रुपैयामा ठेक्का साकारभई निर्माणाधिन उक्त पक्की बाँधको काम समयमा पुरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गर्नु भएको हो ।
निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तिब्रता दिन ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिनु भएको छ ।

११ सय ६८ हेक्टर कृषि योग्य भूमि सिंचित हुने उक्त पक्की बाँधले १० गाँउका करिब १६ सय ५० घर परिवार लाभान्वित हुने बताइएको छ ।

निरीक्षणको क्रममा संघीय साँसद राम कृष्ण यादव, अनिता साह प्रदेश सांसद रामअशिष यादव, सतर्कता केन्द्रका सचिव राम आधार साह सहितका टोली र सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बाँधको निरीक्षण पछि स्थानीय बासीहरुलाई सम्बोधित गर्दै मुख्यमन्त्री यादवले कृषिको विकास विना मधेशको विकास सम्भव नरहेकोले मधेश सरकार कृषि सम्बन्धित आयोजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भयो । उहाँले बाँध निर्माणमा कुनै प्रकारको समस्या हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

त्यसै गरि मुख्यमन्त्री यादव र प्रदेश सांसद राम अशिष यादवले प्रदेश सरकारको एक क्षेत्र पाँच किलोमिटर कालोपत्रे आयोजना अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. २ ख मा निर्माणाधिन कप्टौल , झिटकैया, तिसियाही हुँदै मधुकरही सम्मको सडकको स्थलगत निरीक्षण समेत गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]