१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

धनुषामा सांसद यादवको गाडीले मोटरसाइकलमा ठक्कर दियो, गुरमैता घाइते

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

जनकपुरधाम । धनुषा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका संघीय सांसद रामकृष्ण यादवले चढेको गाडीले मोटरसाइकलमा ठक्कर दिएपछि एकजना घाइते भएका छन् ।

शनिबार यदुकोहाबाट दुध लिएर जनकपुर आइरहेको स.४ प ५८६३ मोटरसाइकलमा सांसद यादव सवार बा.१६ च ८४८९ नम्बरको चारपांग्रे गाडीले तेतरियामा ठक्कर दिएको हो ।

ठक्कर खाएपछि मोटरसाइकल चालक शहिदनगर नगरपालिका ८ डुमरियाका ३३ वर्षीय जिबछ गुरमैता घाइते भएका छन् ।

घाइते गुरमैतालाई उपचारका लागि जनकपुरधामस्थित धनुषा अस्पतालमा लगिएको छ । उनको अबस्था गम्भीर रहेको बुझिएको छ ।

ठक्कर दिने सांसद यादवको गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]