२८ आश्विन २०८१, मंगलबार
15-10-2024 , Tue
×

‘मेरो कलम निरन्तर चल्दै रहन्छ’ (कविता)

Logo
राम रुद्राक्ष मण्डल प्रकाशित शनिबार, जेठ १९, २०८१

जल्ने मान्छे जल्दै रहन्छ
मेरो कलम निरन्तर चल्दै रहन्छ ।

अग्निको ताप कोही सहन सक्दैन
सुनामीको बहाव कोही छेक्न सक्दैन
चाहे षड्यन्त्रको हुरी किन न आओस्
मेरो ज्ञानदीप अविचलित बल्दै रहन्छ
जल्ने मान्छे जल्दै रहन्छ
मेरो कलम निरन्तर चल्दै रहन्छ ।

कायरझै रणभूमि छोड्ने होइन विचार
लड्दै रहन्छु अन्तत: चाहे मिलोस् हार
रात बित्छ फेरी सुनौलो दिन हुन्छ
नित्य सन्ध्यासँग सुर्य ढल्दै रहन्छ
जल्ने मान्छे जल्दै रहन्छ
मेरो कलम निरन्तर चल्दै रहन्छ ।

ए! अहंकारी बुझन ईश्वरको माया
जसको लीला हुन् त घाम र छाया
पत्झर जान्छ फेरी सावन आउछ
फेरी रंगबिरंगी फलफूल फल्दै रहन्छ
जल्ने मान्छे जल्दै रहन्छ
मेरो कलम निरन्तर चल्दै रहन्छ ।

ज्ञानको कलम बनाइ स्मृतिको सफा पृष्ठ
भाव मसिले लेख्छु सफल कथा उत्कृष्ट
मेरो प्रियजन बुझ्दै पढ्दै रहन्छ
मेरो कदम लक्ष्यतर्फ उचल्दै रहन्छ
जल्ने मान्छे जल्दै रहन्छ
मेरो कलम निरन्तर चल्दै रहन्छ ।

लेखन: मण्डल धनुषाको लक्ष्मिनिया गाउँपालिका-१ सिनुरजोडाका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]

जनकपुरधाम,१२ भदौ । ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गरिने भएको छ । उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै सो कार्य गरिने भएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले विसं २०२४÷२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने […]