२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनमतको नेतृत्वमा नयाँ सरकार गठन गर्न ६३ सांसदले ध्यानाकर्षण गराउँदै

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २०, २०८१

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रदेश प्रमुख भण्डारीलाई आज बेलुकासम्म ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको हो ।

नयाँ सरकार गठनका लागि सहमति जुटाउन केही दिनदेखि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव काठमाडौंमा छन् । लोसपा र नेकपा एस जनमतको नेतृत्वमा आउन सहमत भएपछि उनीहरू आज जनकपुरधाम फर्किदैछन् ।

नयाँ सरकार गठनका लागि ६३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई आजै ध्यानाकर्षणपत्र बुझाउने एमाले संसदीय दलका नेता यादवले बताए । नेकपा एसका सांसदहरू त थाहै छैन् भन्छन् नी भन्ने जिज्ञासामा उनले भने, ‘अहिले भर्खरै कुरा भयो । सहमति भइसकेको छ । उहाँहरूले पनि हस्ताक्षर गर्न गर्नुहुन्छ ।’

मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतको सरकार चलाइरहेका छन् । माओवादी र एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार जेष्ठ २९ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

जेठ २१ गते प्रदेशसभाको तेस्रो अधिवेशन सुरू हुँदैछ । २३ गने उनले विश्वासको मत लिने जानकारी प्रदेशसभालाई गराइसकेका छन् । तर, त्यसअघि नै नयाँ सरकार बनाउने तयारीमा गठबन्धन लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]